२०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

चौतारा अस्पताललाई ब्लड स्टोरेज रेफ्रिजेनेरेटर हस्तान्तरण

  • २०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असार ३१, २०७८

    चौतारा : नेपाली कांग्रेसका नेता मोहन बस्नेतले चौतारा अस्पतालमा ब्लड स्टोरेज रेफ्रिजेनेरेटर हस्तान्तरण गरेका छन्। रगत अभावले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले ब्लड स्टोरेज रेफ्रिजेनेरेटर बुधबार हस्तान्तरण गरेका हुन्।

    यसअघि संयोजक बस्नेतको सक्रियतामा सिन्धुपाल्चोकमा बाह्रबिसे र मेलम्चीको स्वास्थ्य केन्द्रमा ब्लड स्टोरेज रेफ्रिजेनेरेटर हस्तान्तरण गरेका थिए।

    चौतारा अस्पतालमा हस्तान्तरण गरिएको रेफ्रिजेनेरेटर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष अमृत कार्किको सहयोगमा उपलब्ध भएको हो।

    रेफ्रिजेनेरेटर हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेल, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं ,काग्रेस क्षेत्रिय शभापति बालकृष्ण बस्नेत, काग्रेस नेता हरिशरण श्रेष्ठलगायतको उपस्थिती रहेको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस