२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

बलेफि गाउँपालिकामा स्वास्थ्य केन्द्र निर्माण ठेक्कामै सेटिङ !

  • २०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • असार १८,२०७८

    चौतारा : जलविरे स्वास्थ्य केन्द्र निर्माणका लागि गरिएको ठेक्का प्रक्रियामा मिलोमतो भएको भन्दै निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकले आपत्ति जनाएको छ।्

    बलेफी गाउँपालिकाको जलबिरेमा स्वास्थ्य केन्द्र निर्माण गर्नका लागि आफ्नै मान्छेलाई ठेक्का पार्न गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरको मिलोमतो रहेको आरोप व्यवसायीहरुले लगाएका छन्।

    पालिकाले अनावश्यक शर्त र नियम राखेर सीमित मान्छेलाई ठेक्का पर्ने गरि बोलपत्र आव्हान गरेको निर्माण व्यवसायी संघ, सिन्धुपाल्चोकले जनाएको छ।

    पालिकाले राखेको सर्त अनुसार अधिकांस निर्माण व्यवसायीहरु सो स्वास्थ्य केन्द्र निर्माण प्रकृया अन्तर्गत वोलपत्र भर्नबाट नै बञ्चित हुनेहुँदा तोकिएको सर्त संशोधनसहित पुनःबोलपत्र आव्हान गर्न निर्माण व्यवसायीहरुले बलेफी गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्।

    गाउँपालिकाले गरेको उक्त ठेक्का आह्वान सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित भएको भन्दै निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेको छ।

    सो बोलपत्र सच्याउनका लागि नेपाल निर्माण व्यवसायी महासंघ, बागमती प्रदेश निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ, सिन्धुपाल्चोकले बलेफी गाउँपालिकाले पत्र पनि पठाई सकेको छ ।

    तीन तहकै निर्माण व्यवसायीले ध्यानाकर्षण गर्दा पनि पत्रमाथि कुनै सम्वोधन नभएको निर्माण व्यवसायी संघ, सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङले बताए ।

    करिब १८ करोडको लागतमा निर्माण हुने सो स्वास्थ्य केन्द्रको बोलपत्र तुरुन्त नसच्याए आफूहरु सम्वन्धित निकायमा जानका साथै आन्दोलन गर्न बाध्य हुने उनले बताए।

    बोलपत्र आव्हान बारे आफुलाइ जानकारी नभएको र त्रुटि भएको भए सच्याइने बलेफि गाउँपालिका अध्यक्ष केदार क्षेत्री बताउँछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस