२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेलम्ची नगरभित्रका शिक्षककाे ३ दिनकाे तलब बाढीपीडित पुनस्र्थापन काेषमा

  • २०७८ अषाढ ९, बुधबार मा प्रकाशित २ साल अघि
  • असार ९, २०७८

    चाैतारा : मेलम्ची नगरपालिकाभित्र रहेका शिक्षकहरूकाे ३ दिनकाे तलब बाढीपीडित राहत तथा पुनस्र्थापना काेषमा संकलन गरिएको छ।

    शिक्षकहरूकाे ३ दिनकाे तलब बराबरको रकम ११ लाख ३६ हजार ७ सय उन्ननाइस रूपैयाँ बाढीपीडित काेषमा संकलन गरिएको नेपाल शिक्षक महासंघ नगर समितिका अध्यक्ष शिवप्रसाद ढुंगानाले बताएका छन्।

    थप सहयोग गर्न चाहानेले बाढीपीडितकाे लागि स्थापना भएकाे काेषमा संकलन गर्न अाह्वान समेत गरेका छन्।

    असार १ गते अाएकाे बाढीले सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपाेखरी गाउँपालिकामा ठुलाे जनधनको क्षति गरेकाे थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस