२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित, माधव पक्षकाे पनि साथ

  • २०७८ जेष्ठ २९, शनिबार मा प्रकाशित २ साल अघि
  • जेठ २९, २०७८

     हेटौंडा : बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ । 

    शनिबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

    मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि संसोधन प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। 

    नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमालेको केपी ओली र माधव नेपाल–झलनाथ खनाल पक्ष एक भएका थिए।

    बिहीबार प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए। शुक्रबार पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस