२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

नयाँ बजेट : सिन्धुपाल्चोकका कुन पालिकालाई कति ?

  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • जेठ १६, २०७८

    चाैतारा : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

    वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो । सरकारकाे बजेट अनुसार सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहले पनि रकम पाएका छन्।

    सिन्धुपाल्चोककाे चाैतारा साँगाचाेकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएकाे छ।

    सिन्धुपाल्चोकका स्थानीय सरकारले कति-कति पाए?

    १. चौतारा साँगाचोकगढी नपा ६३,४५,०००००।-
    २. मेलम्ची नपा ५६,०६,०००००।-
    ३. बाह्रबिसे नपा ३६,७६,०००००।-
    ४. ईन्द्रावती गाउँपालिका ४५,२३,०००००।-
    ५. जुगल गाउँपालिका ३२,१०,०००००।-
    ६. त्रिपुरासुन्दरी गाउँपालिका २६,२६,०००००।-
    ७. पाँचपोखरी थाङपाल गाउँपालिका ३४,८९,०००००।-
    ८. बलेफी गाउँपालिका ३२,०३,०००००।-
    ९. भोटेकोशी गाउँपालिका २६,८७,०००००।-
    १०. लिसंखुपाखर गाउँपालिका २७,६४,०००००।-
    ११. सुनकोशी गाउँपालिका ३२,०२,०००००।-
    १२. हेलम्बु गाउँपालिका ३०,५२,०००००।-

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस