२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

चाैसाँगढी नगरपालिकाले माग्याे सरकारसँग काेराना खाेप किन्ने अनुमति

  • २०७८ जेष्ठ १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • जेठ १३, २०७८

    चाैतारा : चौतारा साँगाचोकगढी नगरपालिकाले काेराेना भाइरस विरुद्धको खोप खरिदको लागि सरकारसँग अनुमति माग गरेको छ ।  

    नगरपालिकाको बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो । 

    बैठकको निर्णयपछि नगरले बिहीबारै खोप खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

    नगरले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ,
    ‘सम्भव भएसम्म संघीय सरकारबाटै खोप उपलब्ध गराई पाऊँ । सम्भव नभए खोप खरिदको लागि अनुमति पाउन अनुरोध गरिन्छ।’

    नगरभित्रको ५१ हजार जनसंख्यामध्ये ३० हजारलाई खोप दिने दिनुपर्ने पत्रमा उल्लेख छ। ।  

    काेराेनाको दोस्रो लहर सुरु भएपछि जिल्लाका १२ स्थानीय तहमध्ये चौतारा सबैभन्दा बढी प्रभावित छ। दोस्रो लहरयता ७ सय ३७ नगरवासी कोरोना संक्रमित भएका छन्। हालसम्म ९४ कोरोनामूक्त भएका छन् भने सातको मृत्यु भइसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस