२०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

सिन्धुपाल्चोकमा एकैदिन ३ सय २ जनामा काेराेना संक्रमण, हालसम्म ११ काे मृत्यु

  • २०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • जेठ ६, २०७८

    चाैतारा : सिन्धुपाल्चोक जिल्लामा हालसम्मकै धेरै ३ सय २ जनामा काेराेना पुष्टि भएकाे छ। काेराेनाकाे दाेस्राे लहरमा सिन्धुपाल्चोकमा संक्रमितकाे दर उच्च छ।

    स्वास्थ्य कार्यालयकाे तथ्यांक अनुसार बुधबार थपिएकामध्ये सबैभन्दा धेरै चाैतारा साँगाचाेकगढी नगरपालिका रहेका छन्।

    बुधबार थपिनेमा चौतारा साँगाचोकगढीका १५६, मेलम्ची ८०, जुगल गाउँपालिका ३, पाँचपोखरीका १६, बलेफिका १, बाह्रबिसेका २, भोटेकोसी ३, इन्द्रावतीका ७ रहेका छन्।

    यस्तै, लिसंखुपाखर ६, सुनकोसी २, हेलम्बु १ र अन्य जिल्लाका २५ जना छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या १२ सय ५८ पुगेको छ ।

    संस्थागत आइसोलेसनमा ४० जना र होम आइसोलेसनमा ७७२ छन् भने काठमाडौं बाहिर २२० जना होम आइसोलेसनमा बसेका छन् ।

    हालसम्म जिल्लाका ११ जनाले ज्यान गुमाएका छन्। हालसम्म ९४ जनाले काेराेना जितिसकेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस