२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

काेराेनाकाे दाेस्राे लहर : जिल्लामा मृत्तककाे संख्या ७ पुग्याे, संक्रमित बढ्दै

  • २०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ४ साल अघि
  • जेठ १, २०७८

    चाैतारा : सिन्धुपाल्चोक जिल्लाकाे काेराेनाकाे दाेस्राे लहरमा ज्यान गुमाउनेकाे संख्या ७ पुगेकाे छ।शुक्रबार इन्द्रावती गाउँपालिका ४ टाकुरेका ७१ वर्षीय पुरुषको मृत्यु भएपछि मृत्तकाे संख्या ७ पुगेको हाे।

    उनको घरमै मृत्यु भएको कार्यवाहक वडाध्यक्ष दया कुमारी  मिश्रले जानकारी दिइन् । उनको मृत्युपछि एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको थियो ।

    परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव व्यवस्थापन सेनाले गरेको छ । मृतकका घरका अन्यमा पनि संक्रमणको लक्षण देखिएको छ ।

    उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयलले जनाएको छ ।

    त्यसाे त पछिल्लो चरणमा सिन्धुपाल्चोककाे काेराेना संक्रमितका संख्या समेत ह्वात्तै वृद्धि भइरहेकाे छ। हाल ५ सयभन्दा धेरै संक्रिय संक्रमित रहेका छन्।

    काेराेनाकाे पहिलो लहरमा भन्दा दाेस्राे लहरमा संक्रमित र मृत्तकाे संख्या धेरै रहेकाे छ। पहिलो लहरमा पनि नेपालमा पहिलो काेराेना संक्रमितकाे मृत्युु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा भएकाे थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस