२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

खेलकुदको विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

  • २०७७ चैत्र २९, आईतबार मा प्रकाशित ३ साल अघि
  • चैत २९, २०७७

    भक्तपुर : युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन्।

    नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले शनिबार आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताए।

    मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताए।

    स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए। स्थानीयस्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस