२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ५ साल अघि
  • चैत ४, २०७७

    चौतारा : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

    पेट्रोल, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११८ रुपैयाँ पुगेको छ।

    यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन (आन्तरिक) को पनि प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि ७४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस