२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

नदि उत्खनन्मा क्रसरले मापदण्ड कुल्चिएको निष्कर्ष, अनुगमन फितलो

  • २०७७ फागुन १९, बुधबार मा प्रकाशित ५ साल अघि
  • फागुन १९, २०७७

    चौतारा : मेलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न क्रसरहरुको अनुगमन गरेको छ। नदिजन्य पदार्थ उत्खनन्को अवस्था, मापदण्डको पालना, प्रारम्भिक वातावरण परिक्षण प्रतिवेदन लगायत मापदण्डमा रहेर काम गरेको नगरेको पाइएको छ।

    दिगोरुपमा नदिजन्य पदार्थको उत्खनन्लाई ध्यान दिदै वातावरण संरक्षण गर्ने कार्यमा आवश्यक जानकारी गराउन अनुगमन गरिएको अनुगमन पछि तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    मापदण्ड विपरित गरिएका क्रियाकलापहरुको निषेध गर्न आवश्यक सहयोग गर्नुनै उदेश्य रहेको नगरपालिकाले प्रस्ट्याएको छ । अनुगमनको क्रममा वातावरणिय परिक्षण प्रतिवेदनमा उल्लेख भएको ब्यबस्थालाई पूर्ण रुपमा पालना नगरि नदिजन्य पदार्थ संकलन तथा उत्खनन् गरेको पाइएपछि क्रसर उद्योगहरुलाई मापदण्ड भित्र रही नदिजन्य पदार्थको उत्खनन् गर्न सुझाब दिइएको अनुगमन टोलिका सदस्य राजेन्द्र दुलालले जानकारी दिए।

    २ दशमलब ५ मिटर गहिराईसम्म मात्र उत्खनन् गर्नुपर्नेमा ३ मिटर गहिराइ सम्म उत्खनन् गरेको र उद्योग बाट निस्किएको धमिलोपानि समेत ब्यबस्थित नगरेको पाइएपछि अनुगमन टोलिले यस्तो कार्य नगर्न क्रसर सञ्चालकलाई निर्देशन दिएको छ ।

    नदि किनारबाट ५ मिटर छोडेर उत्खनन गर्नुपर्नेमा ३ मिटर मात्र छोडेर उत्खनन् गर्ने, दैनिक उत्खनन् अभिलेख नराख्ने र क्रसर सञ्चालनका विभिन्न मापदण्ड पालना नगर्ने क्रसरहरुलाई आगामि दिनमा मापदण्ड भित्र रहेर मात्र उत्खनन् गर्न निर्देशन दिइएको नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले जानकारी दिए।

    नदि उत्खनन्मा क्रसरले मापदण्ड विपरित गर्दा समेत अहिलेसम्म नगरपालिकाल अनुगमनबाट कारवाही गर्न सकेको छैन।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस