२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

सेना दिवसमा खुल्ला दौड प्रतियोगिता, सहभागी हुन यसरी गर्नुहोस् नाम दर्ता

  • २०७७ फागुन ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • फागुन ८, २०७७

    चौतारा : सिन्धुपाल्चोकमा नेपाली सेनाले ‘सेना दिवस २०७७’ को अवसरमा गरेको दौड प्रतियोगितामा गर्ने भएको छ। यही फागुन २४ गते सेना दिवसको दिन ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगीता हुन लागेको हो।

    प्रतियोगितामा सहभागीहरुले फोन तथा इमेलबाट पनि नाम दर्ता गर्न सक्ने सेनाले जनाएको छ। गोरखबक्स गणको आयोजनामा हुन लागेको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ का लागि चौतारा ब्यारेकमा आफै उपस्थित भएर, फोनबाट र इमेलबाट पनि नाम दर्ता गर्न सकिने मेजर ईश्वर गिरीले जानकारी दिए ।

    रेसका लागि देशभरबाट सहभागी हुन पाइनेछ। फोन नम्बर ९८४१८९१०३३ र ९८५१२५५१३३ मा फोन गरेर नाम दर्ता गराउन सक्नुहुनेछ । साथै इमेल ठेगाना मा इमेल गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ ।

    २१ किलोमिटर २५० मिटर दुरीको दौडमा प्रथम हुनेले १ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई २० हजार, पाँचौ हुनेलाई १५ र छैटो १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस