२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

चन्द्रसिंको ‘सानु’ तिम्रो माया (भिडियो सहित)

  • २०७७ फागुन ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • फागुन ३, २०७७

    चौतारा : गायक चन्द्रसिं घलेकोे प्रेम गीत सानू तिम्रो सार्वजनिक भएको छ।

    भ्यालेन्टाईन नम्बर मानिएको सो गीत प्रेम दिवशको अवसरमा युट्युवमार्फत बजारमा ल्याईएको हो। गीतमा मिना थापाले चन्द्रलाई स्वरमा साथ दिएकी छन्।

    सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दलाई गायक घलेले संगीत दिएका हुन्। लुमन स्थापितले रेकर्ड गरेको गीतलाई दिनेश श्रेष्ठले संगीतसंयोजन गरेका थिए।

    दीक्षा शर्माको मेकअप रहेको यो प्रेमिल गीतको भिडियोमा सोहन के.थोकी र ईभा श्रेष्ठले रोमान्स देख्न सकिन्छ ।
    प्रकिष्ट रेग्मी र प्रकाश कुवँरको प्राविधिक साथ रहेको यो गीतको भिडियोलाई शौरभ ढकालले खिचेका हुन्। भिडियोलाई शिशिर अर्यालले निर्देशन गरेका छन्।

    सिन्धुपाल्चोक चौताराका स्थायी बासिन्दा चन्द्रसिंले यसअघि राजारानी, साहारा बनिदेउ तिमी, डिस्को डान्स, सुनचाँदी, जय जन्मभूमि जय सिन्धुभूमि जस्ता दर्जनौ हिट गीत बजारमा ल्याईसकेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस