२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

कटुन्जेको पोल्टामा तेस्रो हेलम्बु खुल्ला फुटबल प्रतियोगिताको उपाधि

  • २०७७ माघ ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • माघ ३०, २०७७

    चौतारा : सोनाम ल्होसारको अवसरमा न्यु राइजिङ युवा कल्ब हेलम्बुले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगिताको उपाघि कटुन्जे युवा कल्व मेलम्ची ११ ले जितेको छ।

    कटुन्जेकै डाँडाटोल सुधार समिती कटुन्जेलाई २-० ले पराजित गर्दै कटुन्जेले एक लाख नगद सहित ट्रफी हात पारेको हो।

    प्रतियोगितामा दोस्रो भएको डाँडा टोलले भने पचास हजारमा चित्त बुझाएको छ । माघ २२ देखि २९ गते सम्म संचालन भएको प्रतियोगितामा २४ टिम सहभागी थिए।

    बिजेतालाई हेलम्बु गाउँपालिलाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पुरस्कार वितरण गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस