२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

निर्वाचन आयोगलाई प्रचण्ड-माधव पक्षले आधिकारिकताको दाबीसहित पत्र लेख्‍ने

  • २०७७ माघ २०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • माघ २०, २०७७

    चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले पार्टी आधिकारिकतासहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगको पत्रको जवाफसहित आधिकारिकता दाबी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    बैठकले आधिकारिकता दाबी गर्दै केपी ओलीलाई साधारण सदस्यबाट र महासचिव विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ,’ उनले भने, ‘निर्वाचन आयोगको पत्रका जवाफसहित आधिकारिकता दाबी गर्ने पत्र लेख्ने निर्णय गरेका छौँ। 

    संसद् विघटनविरुद्धको आन्दोलनलाई पनि सशक्त रुपमा प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

    साथै म्यानमारमा भएको सैन्य ‘कु’को विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतलाई रिहा गर्नसमेत बैठकले माग गरेको छ। यस्तै बैठकमा दुई तिहाइ भन्दा धेरै केन्द्रीय समस्यको उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले दाबी गरे। ​

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस