२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

आहा ! मनै लोभ्याउने हिमाल (हेर्नुहोस् तस्बिरहरु)

  • २०७७ पौष २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • पुष २२, २०७७

    चौतारा : सिन्धुपाल्चोकका पर्यकटकीय क्षेत्रमा पर्छ हेलम्बु। गत मंसिर १८ मा ह्योल्मोभूमि हेलम्बु र २६ गते पाँचपोखरी थाङपाल गाउँपालिका क्षेत्रका एडभेन्चर हिमशृंखलाका नयाँ पिक आरोहण गरिए।

    आरोही माया गुरुङको नेतृत्वमा ६ जनाको आरोही टोली र दुई जना माउन्टेन गाइडले ५ हजार ३ सय मिटरको पाँचपोखरी क्षेत्रको तिलमान पास पाँचपोखरी पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिक आरोहण गरे ।

    गुम्बैगुम्बाको सहर हेलम्बु क्षेत्रको ५ हजर ६ सय ५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको नेरिका एडभेन्चर्सका आरोही सतीशमान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले आरोहण सकाए ।

    पर्यटन प्रवर्द्धनको उद्देश्यसहित जुगल हिमशृंखलाका ११ मध्येको एक चुचुरो ६ हजार १ सय ५१ मिटर उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण गरिएको थियो।
    २०७५ चैत २९ मा सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा सात जनाले जुगल हिमालमा पहिलो पटक मानव झन्डा फहराए।

    फोटोहरु

    तस्बिर : हेलम्बु गाउँपालिका

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस