२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

चौतारामा जारी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल आज

  • २०७७ मंसिर २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २३, २०७७
    चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जारी तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकल च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुने भएको छ।

    सोमबार भएको क्वाटरफाइनलमा जित निकाल्दै रमेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, अजय तामाङ र अभिषेक गुरुङले अन्तिम ४ मा स्थान बनाएपछि आज सेमिफायनलको खेल हुन लागेको हो।

    पहिलो क्वाटरफाइनलमा चौताराका रमेशले मेलम्चीका राजन श्रेष्ठलाई २१–१० र २१–१६ को सोझो सेटमा पराजित गरे । चौताराकै सुरेन्द्रले बलेफीका राज कुमार तामाङलाई २१–१६ र २२–२० को सोझो सेटमा पराजित गरे ।

    तेस्रो क्वाटरफाइनलमा बलेफीका अजयले चौताराका प्रकाश श्रेष्ठलाई २१–१७, २२–२० र २१–१७ को सेटमा पराजित गरे । अन्तिम क्वाटरफाइनलमा मेलम्चीका नारायण लाल श्रेष्ठलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गर्दै त्रिपुरा सुन्दरीका अभिषेक गुरुङ पनि सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।

    फाइनल प्रवेशका लागि रमेश र सुरेन्द्र तथा अजय र अभिषेक भिड्नेछन् । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजकले जनाएको छ ।

    पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।

    राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।

    यस्तै जिल्ला स्तरिय पुरुष एकलका बिजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाईनलिस्त दुईले जनही ५ हजार प्राप्त गर्ने छन् । युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५÷५ हजार प्राप्त गर्नेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस