
कात्तिक २६, २०७७
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगे पनि बैठकबाट सहमति जुटाउने प्रयास जारी छ।
गत वर्ष मंसिर ४ गतेको सचिवालयको निर्णयअनुसार कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारी पाएको भनिए पनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले असहमति जनाएपछि प्रचण्डलगायत नेता सहमतिको प्रयासमा जुटेका छन्।
प्रधानमन्त्री ओलीको सन्देश बोकेर मिलेर जाने प्रस्तावसहित स्थायी समिति सदस्य शंकर पोखरेल मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।
अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमतको सचिवालय सदस्यसहित कार्यकारी अधिकार पाएर पनि बैठक राख्न सकेका छैनन्।
प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षले बैठक राखेमा पार्टी फुटको बिन्दु त्यही हुने जानकारी गराएपछि अध्यक्ष दाहालसहितका नेताहरु औपचारिक रुपमा सचिवालय बैठक राख्नबाट पछि हटिरहेका छन्। उनीहरुले अनौपचारिक रुपमा सचिवालयको बहुमत सदस्यसहित पार्टी मुख्यालयमा छलफल गरिरहेका छन्।
तर, प्रधानमन्त्री ओलीलाई बैठकको लागि पटक पटक आग्रह गर्दासमेत अझैसम्म पनि कुनै सहमति नदिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘हामी पार्टी एकताको रक्षा गरेर अघि बढ्न चाहन्छौँ। त्यसैले अध्यक्ष दाहालले कार्यकारी अधिकार हुँदा पनि बैठक राख्नुभएको छैन’, उनले भने, ‘त्यसलाई हाम्रो कमजोरीको रुपमा नलिनुहोस्।’
पार्टी फुट्यो भने देशीरविदेशी शक्तिले खेल्ने अवसर पाउने भएकाले धैर्यसाथ सहमतिमै बैठक बस्न प्रयत्न गरिरहेको उनले बताए। ‘आजको बैठकअघि पनि कार्यकारी अध्यक्षले प्रधानमन्त्री ओलीसँग भेट गरेर बैठकको लागि आग्रह गर्नुभएको छ’, उनले भने, ‘आज हामीले ओलीसँग कार्यकारी अध्यक्षले गरेका कुराबारे समीक्षा गर्यौँ।
प्रधानमन्त्री ओलीले पर्सिसम्म पनि पार्टीको बैठक राख्न सहमति नदिए के गर्नुहुन्छरु भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीसँग कुराकानी भइरहेको बेलामा त्यसबारे तत्काल प्रतिक्रिया दिन आवश्यक नभएको उनले बताए।
‘अहिले हामीले पार्टी एकताको रक्षाका लागि सहमतिको प्रयास गरिरहेका छौँ। त्यसैले यस विषयमा प्रतिक्रिया दिनु आवश्यक छैन’, उनले भने, ‘तर, हामीलाई पूर्ण विश्वास छ। उहाँले पर्सिको बैठकमा सहमति जनाउनुहुन्छ।’
लामो शक्ति संघर्षपछि भदौ २६ गतेको स्थायी कमिटीको बैठकपछि नेकपाभित्रको विवाद अस्थायी रुपमा पूर्णविराम लागेको थियो।
तर, नेकपाभित्र पछिल्लो समय संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्त, कर्णाली प्रदेश सरकारको किचलो, प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त कुमार गोयल बीचको भेट र पर्सामा मुकेश चौरिसयाको हत्या लगायत घटनाले विवाद उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक विमतिको कारणले पार्टी विभाजनको संघारमा पुगिसकेको अवस्थामा दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी एकताको रक्षाका लागिरहेका छन्।

प्रतिक्रिया दिनुहोस