२०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

तिहार बिदाका तीन दिन बैंकहरु नखुल्ने

  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित ५ साल अघि
  • कात्तिक २६, २०७७

    चौतारा : तिहार बिदामा बैंकहरु सञ्चालनमा नआएने भएका छन्। गतबर्ष तिहार बिदामा पनि सञ्चालनमा आएका बैंकहरु यसबर्ष सञ्चालनमा नआउने भएको हो।

    वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भनेका छन्र कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए।

    कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन दिन बैंकका शाखा नखुल्ने उनले बताए। कात्तिक २९ देखि मंसिर १ गतेसम्म शाखा कार्यालयहरु बन्द भए पनि डिजिटल सेवाहरु भने सधैं खुला हुने उनले जनाए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस