२०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

जुवाखालमा प्रहरीको छापा, १ लाख १४ हजार नगदसहित ३ पक्राउ

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ५ साल अघि
  • कात्तिक २२, २०७७
    चौतारा : सुनकोसी गाउँपालिका ७ स्थित जुवाखालमा शुक्रबार प्रहरीले छापा मारेको छ । जुवा खेलीरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको हो।

    प्रहरीले जुवाखालबाट नगद १ लाख १४ नगदसहित कौडा र ३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहले बताए।

    बाह्रविसे प्रहरीले यसअघि पनि बाह्रबिसे नगरपालिका ९ राम्चेबाट ४१ हजार ५ सय नगदसहित १२ जना जुवाडे पक्राउ गरेको थियो। चाडपर्वको समयमा जुवातास धेरै खेल्ने भएकाले प्रहरीले सक्रियता बढाएको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस