२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

३१ सय १४ कोरोना संक्रमित थपिए, मृतकको संख्या एक हजार नाघ्यो

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • कात्तिक १८, २०७७

    चौतारा : नेपालमा पछिल्लो २४ घण्टामा देशभर तीन हजार एक सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार यही अवधिमा तीन हजार एक सय ४२ जना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि एक हजार नाघेको छ।

    सोमबार मात्रै देशभर २४ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउने धेरैजसो दीर्घ रोगी र वृद्धवृद्धा रहेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस