२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

वडाध्यक्षको अक्कल : गाउँको अवस्था बुझ्न बस्तीपिच्छे मोबाइल !

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक १८, २०७७

    चौतारा : जुगल गाउँपालिका २ गोल्चेमा स्थानीयको अवस्था बुझ्नका लागि वडाध्यक्ष प्रताप लामाले गाउँपच्छिे मोबाइल वितरण गरेका छन्। गाउँको अवस्था बुझ्न र जनप्रतिनिधिसँग सूचना आदानप्रदान गर्न मोबाइल वितरण गरिएको हो।

    वडाको गतिविधि सहजै जानकारी गर्नका लागि व्यक्तिगत खर्चमा १५ वटा मोबाइल खरिद गरेर गाउँमा वितरण गरेको उनले बताए । उनले दीपु, सांलुङ, तिलामाराङ, सुञ्चगाउँ, नाम्फा, निम्लुङ, गोल्चे, लिदी, किप्चे र सिन्दुर्चेमा मोबाइल वितरण गरेका छन्।

    मोबाइल बोक्ने स्थानीयले वडासमक्ष बस्तीको हालखबरबारे दैनिक जानकारी दिने गरेका उनको भनाई छ। सिफारिसलगायत जरुरी काम पर्दा एक दिनअगावै स्थानीयले वडाबाट वितरित मोबाइल बोक्ने छिमेकीसँग कुरा गरेर मात्रै वडा कार्यालय आउने व्यवस्था गरिएको छ ।

    सबै बस्तीमा जनप्रतिनिधि जान असम्भव भएकाले मोबाइलबाटै सेवासुविधा र सूचनाबारे वडा कार्यालय र प्रत्येक बस्तीबीच छलफल हुने गरेको उनले बताए ।

    दीपु र सांलुङका बासिन्दालाई वडा कार्यालय पुग्न दुई दिन हिँड्नुपर्छ । अन्य बस्ती पुग्न पनि घन्टौँ हिँड्नुपर्ने भएकाले मोबाइल वितरण गरिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस