२०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? जहाँ पाइन्छ १ प्रतिशत व्याजमै ऋण !

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • कात्तिक १८, २०७७

    चौतारा : सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाले व्यवसाय गर्नका लागि एक प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने भएको छ। पालिकामा सञ्चालनमा आउन लागेको अध्यक्ष उद्यमशिमता विकास कार्यक्रम मार्फत् कृषकलाई एक प्रतिशत व्याजदरम ऋण उपलब्ध गराउन लागेको हो।

    ऋणका लागि निवेदन दिनका लागि प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले एक सुचना जारी गरेर कृषकलाई ऋणका लागि निवेदन दिनका लागि आग्रह गरेका छन्।

    अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम मार्फत् उद्यम व्यवसाय गर्न जोश जागर भएको तर ज्ञान, सीप, पूजी अभावले अफ्यारोमा परेर व्यवसाय सञ्चालन गर्न नसकेकालाई बेरोजगार तथा बैदेशिक रोजगारीमा फर्केकाहरुलाई ऋण उपलब्ध गराइने जनाइएको छ।

    ऋण लिनका लागि इच्छुक व्यक्ति कात्तिक २८ गतेभित्रमा पालिकामा निवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिक वडा कार्यालयबाट प्राप्त निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालकाय सिफारिस लिएर पालिकामा सम्पर्क गर्नुपर्ने प्रशासकीय अधिकृत दुलालबाट जारी सुचनामा भनिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस