२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

पीडितको घाउमा मलम लगाउँदै वडा सदस्य पाख्रिन

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • असाेज २६ चाैतारा / जुगल गाउँपालिका-२ लिदि पहिराे पिडितकाे सहयाेगार्थ प्रवासबाट आर्थिक सहायता प्राप्त भएकाे छ । जुगल-३ का वडा सदस्य हिमाल तामाङ पाख्रिनकाे पहलमा लिदि पिडितकाे लागि सहायता रकम जुटेकाे हाे ।

    साउन ३० गते बिहान गएकाे पहिराेमा परि ज्यान गुमाएका र बिस्थापित परिवारलाई विभिन्न निकायबाट सहयाेग भैरहेकाे छ । यसै क्रममा राेजगारिकाे लागि विभिन्न देसमा रहेका नेपालीहरुबाट १ लाख ५८ हजार ६ सय १८ रुपैयाँ संकलन गरि प्रकोप व्यबस्थापनकाे निम्ति गाउँपालिकाले सञ्चालन गरेकाे खातामा जम्मा गरिएकाे छ ।

    विभिन्न देसमा रहेका नेपालीले लिदि पिडितलाई सहयाेग गर्ने उधेस्यले जुगल-३ का वडा सदस्य तथा नेकपा जुगल गाउँपालिका सचिवालय सदस्य हिमाल पाख्रिनकाे खातामा रकम जम्मा गराएका थिए । आफ्नाे खातामा जम्मा भएकाे सहयाेग रकम वडा सदस्य पाख्रिनले पालिकाकाे प्रकोप व्यबस्थापन खातामा दाखिला गराएका हुन् ।

    विभिन्न देसमा रहेका नेपालीहरुले लिदि पहिराे पिडितकाे लागि पठाएकाे सहयाेग रकम यस प्रकार रहेकाे छ । सञ्जु लामा मलेसिया ६ हजार ३ सय ६७ रूपाैयाँ , पासाङ लामा मलेसिया ६ हजार ३ सय ६७ रूपाैयाँ, देण्डु लामा मलेसिया ५ हजार १ सय ३रूपैयाँ, गंगा तामाङ कुवेद ७ हजार ३सय ५०रूपैयाँ , निरमाया पाख्रिन ओमन ५५ हजार २ सय ३५रूपैयाँ , माया पाख्रिन ५५ हजार २ सय ३५ रूपैयाँ, डाेमा शेर्पा साईप्रस ११ हजार ८ सय ४६ रूपैयाँ , पुर्णिमा पाख्रिन १० हजार २ सय २९ रूपैयाँ, निता पाख्रिन कुवेद ५ हजार २२रूपैयाँ , प्रिया लामा जाेडन ५ हजार रूपैयाँ , खुशी लामा जाेडन ५ हजार रुपैयाँ , माइली लामा कुवेद ५ हजार रुपैयाँ , प्रेम मगर साउदी ५ हजार रूपैयाँ, अमिर दाेङ मलेसिया ९ हजार ४ सय ६९रूपैयाँ, प्रिमा तामाङ मलेसिया ५ हजार ५ सय ७०रूपैयाँ, छवाङ लामा फ्रान्स ५० हजार रूपैयाँ ।

    गाउँपालिकाले एक पत्र मार्फत पिडितकाे घाउमा मलम लगाउन सक्रिय भुमिका खेलेकाेमा वडा सदस्य पाख्रिनलाइ धन्यवाद ज्ञापन गरेकाे छ । उक्त भिषण पहिराेमा परि ३७ जनाकाे मृत्यु भएकाे थियाे भने २ जना अझै बेपत्ता रहेका छन् ।

    विस्थापितहरुकाे स्थायि बसाेबासका निम्ति स्थानिय , प्रदेश र संघिय तिनै सरकारले प्रयास गरिरहेका छन् । तर हिन्दु नेपालीहरुकाे ठुलाे पर्व दसैं तिहार जस्ता पर्व नजिकिदै गर्दा विस्थापितहरुले कहाँ बसेर चाड मनाउने भन्ने कुरा अझै अन्याेल छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस