२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

भारतको वेश्यालयमा लगेर महिला बेचेको आरोपमा मेलम्चीका टाउटाउ पक्राउ

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • असोज २६, २०७७
    चौताराः भारतको बेश्यालयमा लगरे महिला बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो।

    ओरोपी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ का हुन्। उनी हाल काठमाडौं नयाँ बस्ती बस्दै आएका छन्। तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधासहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए ।

    लगत्तै उनी फरार भएका थिए । महिलालई बेचेर नेपाल फर्केकै दिन तामाङविरुद्ध उजुरी परेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विबेदीले बताए। तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही अगाडि बढाइएको उनले बताए।

    घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतमा बेचिएकी महिलाको २०७५ भदौ ५ गते उद्दार भइसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस