२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

पहिरोको जोखिममा रहेका हेलम्बु बोल्देबासीलाई कांग्रेसको सहयोग

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ५ साल अघि
  • असोज २५, २०७७
    चौताराः पहिरोको जोखिममा रहेको हेलम्बु बोल्देबासीलाई नेपाली कांग्रेस सिन्धुपाल्चोकले आर्थिक सहयोग गरेको छ। काग्रेसले बोल्देबासीलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो।

    पहिरोको जोखिममा रहेको हेलम्बु बोल्देका ६० घर परिवारलाई पाँच हजारको दरले नगद सहयोग गरेको प्रदेश सभा सदस्य निमा लामाले बताए।

    शनिबार कांग्रेस सभापति विकास लामा सहितको टोली नगद राहत वितरणका लागि बोल्दे पुगेको थियो। काठमाडौं चावहिलका समाजसेवी राजेन्द्र बहादुर गोर्खालीले पार्टीलाई गरेको आर्थिक सहयोगबाट बोल्दे पहिरोको जोखिमबाट पीडित बनेका नागरिकहरुलाई सहयोग गरिएको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस