
असोज २४, २०७७
चौताराः नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका सोही अवधीमा १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ ।
कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा १, मोरङमा २, सर्लाहीमा १, काठमाडौंमा २, ललितपुरमा २, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस