२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

तीन हजार ४३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २५ हजार ०७

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • असोज २१, २०७७
    चौताराः नेपालमा कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४३९ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख हजार १३ जनाको ४८७ पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १५९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्य भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस