२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

पहिरो पीडितलाई युवा संघको सहयोग

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ५ साल अघि
  • असोज ३, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लाको बाह्रर्बिसे नगरपालिका ७ नागपुजेका पहिरो पिडितलाई राष्टिय युवा संघले सहयोग गरेको छ। राष्टिय युवा संघको संयोजक रामप्रसाद सापकोटा दिपशिखाको टोली घटनास्थलमा पुगेर पीडितलाई सहयोग गरेको हो।

    युवा संघले पहिरो पीडितलाई जनप्रतिनिधिको रोहबरमा १ सय ८१ बोरा चामल, १ सय ९० लिटर तेल, २ सय केजी दाल र ८० केजी नुन विरणर गरेका राष्टिय युवा संघको संयोजक रामप्रसाद सापकोटा दिपशिखाले बताए। राहात सामाग्री हस्तान्तरण गर्दै उनले घर पूर्णरुपमा क्षति पर्याएको १६ घर पुनर्निर्माणमा लाग्ने जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता समेत गरेका छन्।

    भदौ २८ गते राति गएको पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ भने १५ जना अझै बेपत्ता भएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस