२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

चनौटेमा पहिरोले ३ घर पुरियो, एक जना घाइते

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ५ साल अघि
  • भदौ २८, २०७७
    चौताराः सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ चनौटेमा पहिरोले ३ घर पुरेको छ। अविरल बर्षासँगै आएको पहिरोले ३ घर पुरेको हो।

    पहिरोमा परेर एक जना घाइते भएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। पहिरोको जोखिमले मान्छे अन्यन्त्रै बस्ने भएकाले मानविय क्षति नभएको उनले बताइन्।

    पहिरोको कारण अन्य केही घरहरु पनि जोखिममा परेका छन्। उद्धारका लागि सबैलाई जुट्न आग्रह समेत गरेकी छन्।

    यसअघि सोही पालिकामा जुगल गाउपालिका २ लिदीमा ३९ जनाको मृत्यु भएको थियो। यही पालिकामा सयौँ घर पहिरोको जोखिममा रहेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस