२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

सभामुख सापकोटा घुम्थाङको पहिरोस्थलमा प्रस्थान

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ५ साल अघि
  • भदौ २८, २०७७
    चौताराः सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा गएको पहिरोस्थलमा सभामुख अग्निप्रसाद सापकोटा प्रस्थान गरेका छन्। घुम्थाङको नागपुजेमा पहिराले ८ र भिरखर्कमा १० घर पहिरोले बगाएको छ।

    पहिरो गएको जानकारी पाएलगत्तै सभामुख सापकोटा पहिरोस्थल लागेको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

    पहिरोले १८ घरको मानिस बेपत्ता भएका छन्। हालसम्म एक महिलाको शव भेटिएको छ। उनको सनाखत हुन सकेको छैन।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस