२०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

१ हजार ८१ जनामा कोरोना पुष्टि, थप ६ जनाले गुमाए ज्यान

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ५ साल अघि
  • भदौ २४, २०७७
    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

    उनले हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको बताए। उनले बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएसँगैहालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको उनले जनाए।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ ।

    यसैबीच कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१२ पुगेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस