२०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

पत्रकार महासंघ सिन्धु शाखाले भन्योः समन्वयको भाषा शोभानीय छैन

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ५ साल अघि
  • भदौ २४, २०७७
    चौताराः जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्धारा जारी विज्ञप्तीमा प्रयोग भएको शब्दप्रति नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले आपत्ति जनाएको छ । बुधबार विज्ञप्ती मार्फत समन्वय समितिका प्रमुख गोपाल तामाङले आफ्नोविरुद्धमा समाचार लेखेको भन्दै सञ्चार माध्यामलाई ‘पीत पत्रकारीता’को संज्ञा दिएका थिए ।

    प्रतिबन्धित समयमा नदि दोहन कार्य भैरहेको र बालुवा तस्करी मौलाइ रहेको समाचार सञ्चार माध्यममा व्यापक रुपमा आउन थालेपपछि समन्वय समितिले आफ्नो बचाउ गर्दै विज्ञप्ती जारी गरेको छ । जारी विज्ञप्तीमा आफ्नो संलग्नता नरहेको प्रमाण पेस गर्नु भन्दा पनि प्रमुख तामाङले प्रकाशित समाचारलार्इ पीत पत्रकारीताको उपमा दिएपछि महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

    महासंघका अध्यक्ष महेशकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सञ्चार माध्ययमले गलत सामग्री प्रकाशन तथा प्रशारण गरेमा सम्पादकीय टिमसँग आफ्नो कुरा राख्ने, आफु गलत नरहेको प्रमाण सहित खण्डन पठाउने र सो बाट समेत चित्त नबुझे प्रेस काउन्सिल समक्ष कानुनि प्रकृयामा जान सकिने प्रावधान हुँदाहुँदै आम पत्रकारीता क्षेत्रलाइनै आक्षेप लगायनु गलत भएको उल्लेख छ ।’

    समाचारप्रति चित्त नबुझे कानुनि उपाय खोज्न सकिने हुँदा टिकाटिप्पणी तथा विज्ञप्ती प्रकाशित गरिनु जननिर्वाचित संस्थाको शोभनिय कार्य होइन विज्ञप्तीमा भनिएको छ । साथै आफ्नो अधिकारको वकालत गर्दा अरुको मानमर्दन नगर्न समेत सचेत र सजक रहन समन्वय समितिलाइ भनिएको छ ।

    र, यो पनि : 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस