२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

हेलम्बुमा पनि बञ्जी, पुल बनिसकेपछि ५ घण्टाको बाटो ५ मिनेटमै पार !

  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ २३, २०७७
    हेलम्बुः सिन्धुपाल्चोक पर्यटकिय हेलम्बु गाउँपालिकामा अब बञ्जी जम्प गर्न पाइने भएको छ। पर्यटकलाई आर्कषण गर्नका लागि पालिकाले बञ्जीका लागि पुल निर्माण गर्न लागेको हो।

    बञ्जीका लागि हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा पुल निर्माण गर्न लागिएको हो। पुलबाट एक सय ७३ मिटर उचाईबाट साहसिक बञ्जी जम्प गर्न सकिन्छ।

    तीन सय ७० मिटर लामो हुने पुल निर्माणका लागि करिब ३९ लाखमा बन्ने अनुमान गरेको पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको उनले बताए।

    बाह्य तथा आन्तरिक पर्यटक तान्नका लागि बञ्जी निर्माण गर्न लागिएको हो। पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गत बर्ष नै भइसकेको छ।

    सो पुल निर्माण भइसकेपछि स्थानीयको जनजिवन पनि सहज हुने अपेक्षा गरिएको छ। करिब ५ घण्टा लाग्ने बाटोमा पुल निर्माण भइसकेपछि ५ मिनेटमै पार गर्न सकिन्छ। पुलले पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ।

    सिन्धुपाल्चोकको भोटेकोशी नदीमा पनि बञ्जी जम्प हुदै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस