२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ५ साल अघि
  • भदौ १८, २०७७
    चौताराः कोरोना सक्रमणको कारण सिन्धुपाल्चोकमा मृत्यु हुनुको संख्या ४ पुगेको छ। इन्द्रावती गाउँपालिका ६ की ७७ वर्षीया वृद्धको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो।

    ती महिलाको काठमाण्डौको विरेन्द्र सैनीक अस्पताल, छाउनीमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

    दमको रोग भएकी उनलाई भदौ ५ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो। उनको भदौ १२ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। उपचारकै क्रममा भदौ १६ गते मंगलबार उनको हो।

    यसअघि सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकामा दुई र पाँचपोखरीमा एक जनाको मृत्यु भएको थियो। नेपालमा कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोक जिल्लामा भएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस