२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

आइतबार थपिए कोरोनाका तीन सय ८० जना संक्रमित

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ५ साल अघि
  • साउन २५, २०७७
    चौताराः आइतबार कोरोना भाइरसका तीन सय ८० जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

    अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। गौतमले नेपालभर गरी क्वारेन्टिनमा ११ हजार ३८ जना रहेको बताए। विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन्।

    अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना निको भइसकेका छन्। कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भइसकेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस