२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

कांग्रेस नेता कार्यकर्ता नेकपामा प्रवेश

  • २०७७ श्रावण २४, शनिबार मा प्रकाशित ५ साल अघि
  • साउन २४, २०७७

    चौताराः नेपाली कांग्रेस र राप्रपा नेपाल परित्याग गरि जिल्लाका दुई स्थानिय तहका छ दर्जन वढी स्थानिय नेता कार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका छन् ।

    आज नेकपा जिल्ला पार्टी कार्यालयमा ईन्द्रावती गाँउपालिका ३ का पञ्चलाल तामाङ सहित झण्डै तीन दर्जन कांग्रेसका स्थानिय नेता कार्यकर्ताले एक साथ नेकपा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा केद्रिय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर दुईका सांसद शेरवहादुर तामाङ, वाग्मती प्रदेसका सामाजिक विकास मन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले नेकपामा स्वागत गरेका हुन् ।

    कांग्रेस नेतृत्वको स्थानिय सरकारले स्थानिय पुर्वाधार विकासमा वेवास्ता गरेको, युवा पङ्तीको भावना नसमेटेको, अनियमितता वढाएको र पार्टीको निष्ठा गुमाएकोले नेकपा नै जनताको सही सारथी भएकोले आफूहरुले नेकपा रोजेको ईन्द्रावती ३ का दानवहादुर तामाङले वताए ।

    त्यस्तै आज नै वलेफी ८ कागुनेका कांग्रेस नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छन् । स्थानिय राजेश तामाङ र ईन्द्र श्रेष्ठको नेतृत्वमा चार दर्जन युवा नेकपा प्रवेश गरेको वलेफी ८ का अध्यक्ष चरीवहादुर तामाङले जानकारि दिए ।

    नव प्रवेशीहरुलाई वलेफी गाँउपालिका अध्यक्ष तथा नेकपा प्रदेस कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रविसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र वलेफी ८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका चरीवहादुर तामाङले पार्टीमा स्वागत गरेका हुन् ।

    नेपाली कांग्रेसमा जुरे पहिरो पीडितलाई आश्वासन मात्र दिने, नीतिमा नचल्ने परिपाटी कायम रहेकोले नेकपा प्रवेश गरेको ईन्द्र श्रेष्ठले वताए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस