
साउन २४, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस (कोभिड १) को संक्रमितको संख्या ७१ पुगेको छ। संक्रमितमध्ये पाँच जना उपचाररत छन् भने ६३ जना सञ्चो भएर घर फर्किएका छन्।
पाँच मध्ये एक जना काठमाडौंमा उपचाररत छन् भने बाँकी चार जना जिल्लाका आइसोलेसन वार्डमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्ता चापागाइले जानकारी दिए। सिन्धुपाल्चोकमा १०५ जना क्वारेन्टाइनमा रहेको समेत बताए।
हालसम्म जिल्लामा एक हजार ६ सय ५१ को स्वाब संकलन गरिएको छ भने एक हजार ६ सय ३० जनाको रिपोर्ट आइसकेको छ । जिल्लामा कोरोना संक्रमित हुने अधिकांश तेस्रो मुलुकबाट आएका व्यक्तिहरु छन् ।
हालसम्म जिल्लामा संक्रमणका कारण एक पुरुष र एक महिला गरी दुई जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोक जिल्लामै भएको थियो।
सरकारले लकडाउन खुला गरेपनि कोरोनाको संक्रमणको जोखिम बढेपछि सिन्धुपाल्चोकमा कडाइ गरेका छन्। सिन्धुपाल्चोक संघीय राजधानी काठमाडौँ नजिकै रहेको हुनाले जोखिम धेरै भएकाले थप कडाइ गरेको हो। सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहहरुले कोरोना नियन्त्रणका लागि प्रमुख प्राथामिकता दिएका छन्।

प्रतिक्रिया दिनुहोस