
साउन २४, २०७७
चौताराः मेलम्ची नगरपालिका १० मा गएको पहिरो पीडितलाई दुहुनो भैसी सहयोग गरेको छन्। पहिरोले दुइ माउ भैँसी सहित गोरु पुरे पछि पीडितका आफन्तहरुलेनै सहयोग जुटाइ दुइ माउ भैँसी सहयोग गरेका हुन्।
दिर्घ बहादुर कार्कीको गत साउन १८ गतेको भिषण वर्षाको कारण पहिरोले गोठ पुरी गोठ र गोठका सम्पूर्ण भैसिहरू क्षति भएकोले २० जनाले पाँच हजार देखी तिस हजार सम्म सहयोग संकलन गरि जम्मा २ लाख ६५ हजारमा दुइ माउ दुनो भैसीनै खरिद गरि पिडित किसानको गोठमै लगेर बानिदिएको सहयोगी प्रकाश अधिकारिले जानकारी दिए।
छोरो अपाङ्ग छ,औषधि उपचार गरि रहनु पर्छ तेहि भैसीले दिएको दुध बेची छोराको उपचार लगायत घर खर्छ चलाइरहेका पीडित राम्जिले फेरि दहुुनो भैँसीनै दिनु भएकोमा सहयोगी मनहरुलाइ धन्यबाद दिदै खुसी गरे।

प्रतिक्रिया दिनुहोस