२०८३ भाद्र २७, शनिबार | Sat, 12, Sep, 2026

बर्षाको सम्भावना, सचेत रहन आग्रह

  • २०७७ श्रावण २४, शनिबार मा प्रकाशित ६ साल अघि
  • साउन २४, २०७७
    चौताराः सिन्धुपाल्चोकसहितका जिल्लामा आज भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सिन्धुपाल्चोकसहित लमजुङ, चितवन र बाजुरा जिल्लाका केही स्थानमा बर्षा हुने बताएको हो।

    अहिले बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा प्रदेश ५ का केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरको छ। यस्तै प्रदेश २ र प्रदेश ५ का केही भू भागमा आंशिक बदली रहेको छ भने बाँकी भू भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

    पछिल्लो तीन घण्टायता कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भएको र अझै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पानी परिरहेका क्षेत्रका साना खोलामा आकस्किम बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्मै सतर्क रहन विभागले अपील गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस