२०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

नुवाकोट ‘लकडाउन’

  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • साउन २३, २०७७
    चौताराः नुवाकोटका सबै स्थानीय तहमा शुक्रबारदेखि ‘लकडाउन’ गरिएको छ। कोरोनो भाइरसको संक्रमण बढ्दै गएपछि सबै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरिएको हो।

    जिल्लामा आवागमनमा रोक लगाइनुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत कटौती गरिएको छ। संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरु शुक्रबार बिहान ६ बजेदेखि अर्को निर्णय नहुँदासम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

    अनुमति प्राप्त सवारी साधन बाहेक अन्यलाई पूर्णरुपमा रोक लगाइएको छ। जिल्लामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै सवारी साधन चलाउन पाइने छैन। अन्य जिल्लाबाट नुवाकोट प्रवेश गर्न नदिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस