२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

सम्पादकीयः पीडितको पीडामा मल्हम लगाऔँ, मजाक होइन

  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • साउन ८, २०७७

    देशभर यतिबेला बाढी पहिरोको प्रकोपले लपेटेको छ । हरेको बर्ष बाढी पहिरोबाट देशमा हजारौँले ज्यान गुमाइरहेका हुन्छन् । लाखौँ विस्थापित हुन्छन्। भने क्षति विवरण संकलन गर्नमा सरकारलाई समेत हम्मेहम्मे पर्ने स्थिती सिर्जना हुन्छ ।

    सर्वसाधारण जनतालाई हरे साल बर्षाको याम सुरु हुनेसाथ कहाँको बाढीले बगाउँने हो? कहाँको पहिरोले थिच्ने हो? या कहाँबाट घर खेत नै बगाएर लैजाने हो? भन्ने तिन्ताले पिरोल्न थाल्छ । तर, अहिले देश संघीयतामा गइसकेको छ। तीन तहको सरकार निर्माण भइसकेको छ।

    यद्यपी, बाढी पहिरोको विपद् दिन प्रतिदिन बढ्दै जाँदा सरकार सरकारले तीनै तहको सरकार रोकथाम तथा न्यूनिकरणको बिषयमा सोच्न समेत गरेको छैन । सरकारले हरेक साल बिताउँछ त तथ्यांक संकलन र राहत वितरणमा । बाढी पहिरोले जनताले घरबार बिहिन भइरहन्छन् । यता सरकारी निकायबाट मात्रै नभएर व्यक्तिगत रुपमा पनि सहयोग गर्नेको ओहिरो लाग्छ ।

    पीडितको राहतमा मल्हम लगाउन गएकाहरु देख्दा लाग्छ आफ्नै प्रचार र फोटो खिचाएर पीडितकै मजाक गरिरहेका छन् । आफ्नो घरबार बिहिन भएर आफन्तको पीडमा मर्माहत भइरहेको बेलामा सरकारले दिने राहत र उद्धारमा समेत लुछाचुडी गर्नुजस्तो भद्दा मजाक पीडितमाथि अरु के हुनसक्छ ।

    त्यसको प्रत्यक्ष उदाहरणको रुपमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका जम्बु र भोटेकोशी गाउँपालिकामा गएको पहिरो पीडितलाई लिन सकिन्छ । पहिरोको लपेटेको सर्वसाधारण जनतामाझ उद्धारका लागि व्यक्ति र पार्टी पिच्छेको हेलिकम्टर पुग्यो । ३ जना घाइतेको उद्धारका लागि ७ ओटा हेलिकप्टर पुग्यो । अहिले पीडितको अवस्था ज्यूका त्यू छ ।

    तर, विभिन्न निकायबाट सानातिना सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा फोटो टास्नेहरुको कमी छैन त्यहाँ । सडकसम्बन्ध टुटेपछि सर्वसाधारण अर्को मारमा छन् । तर, केही व्यक्तिहरुले हातमा दुईचार पोका सामाग्री बोकेको फोटोले सामाजिक सञ्जाल रंगाउनमै व्यस्त हुन्छन् । पीडामा थोरै मल्हमको अपेक्षा गरेका पीडितहरुको त्यो अवस्था उनीहरुमाथिकै भद्दा मजाक भएको सहजै अनुमान लगाउन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस