२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

बाढीपीडितलाई चाैतारा नगरपालिकाकाे ५ लाख सहयाेग

  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेति

    असार २८ चाैतारा /चाैतारा साँगाचाेकगढी नगरपालिकाले भाेटेकाेशी गाउँपालिका र बार्हबिसे नगरपालिकाका बाढी पिडितलाई राहत स्वरुप ५ लाख उपलब्ध गराउने भएकाे छ ।

    अाज ( अाइतबार ) बसेकाे नगरकार्यपालिकाकाे बैठकले स्थानिय सरकार मार्फत बाढीपहिराे बिडितलाई उपलब्ध गराउने गरि भाेटेकाेसी गाउँपापालिकालाई २ लाख र बारबिसे नगरपालिकालाई ३ लाख रकम उपलब्ध गराउने निर्णय गरेकाे मेयर अमानसिंङ तामाङले जानकारी दिए ।

    अविरल बर्षाका कारण गत बुधबार बारबिसे नगरपालिकाकाे जम्बुमा गएकाे बाढी पहिराेमा परि ३ जनाकाे मृत्यु हुनुकाे साधै २० जना अझै बेपत्ता छन् । भाेटेकाशीले निरन्तर जमिन कटान गरिरहेकाे हुँदा अासपासका बासिन्दा अझै त्रसित अबस्तामा रहेकाछन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस