२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

सांसद सरिता गिरी दुवै पदबाट बर्खास्त

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असार २३, २०७७
    काठमाडौँः समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीले दुवै पदबाट बर्खास्त गरेको छ। आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो।

    लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव राम सहाय प्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। त्यही कार्यदलले गिरिलाई कारबाही गर्नका लागि पार्टीमा सिफारिस गरेको थियो।

    समाजवादी पार्टीका आज बसेको बैठकले सांसद गिरीलाई संसदबाट फिर्ता गर्ने र पार्टीको साधारण सदस्य समेत नरहनेगरि हटाएको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस