२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असार २३, २०७७
    चौताराः नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ। मंगलबार देशभर २ सय ४ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार नाघेको हो।

    देशका विभिन्न प्योगशालामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

    मंगलबार ६ सय ८८ जना कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ रहेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस