२०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

शेरबहादुर तामाङ भन्छन्ः मेलम्ची आयोजना एकलौटी चल्न पाउँदैन, स्थानीयको माग सुन्नैपर्छ

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असार २३, २०७७
    चौताराः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले मेलम्ची खोलाको पानी लानु अघि स्थानीयको जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्। मेलम्ची आयोजनाले स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी नगराई पानी सुरुङमा हालेपछि उनले यस्तो बताएका हुन्। उनी सोही क्षेत्रबाट प्रतिनिधि समभामा निर्वाचित सांसद हुन्।

    मेलम्ची आयोजनाले जनप्रतिनिधि कसैलाई पनि यस विषयमा जानकारी नगराउनु दुखद् भएको जिकिर गरे। मन्त्रालयले जुन ढंगले पानी परीक्षण ग¥यो त्यो दुखद् भएको भन्दै सिन्धुबासी पनि सहभागी भएर गर्व महशुस गर्नेबेलामा एकलौटी ढंगबाट काम अगाडि बढाइनुले राम्रो संकेत होइन उनले भने।

    प्रभावित क्षेत्रका स्थानीयको हकमा के हुन्छ? भन्ने प्रश्नमा सांसद तामाङले रोयल्टी निर्धारण गरेर विकास निर्माणको काममा सहयोग गर्नुपर्ने बताए। मेलम्चीको पानी काठमाडौं लगेर काठमाडौंबासीको काकाकुल स्थितिलाई केही हल गर्नका लागि यति ठूलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभावित क्षेत्रका बस्तिहरुमा पनि सफा पिउने पानी उपलब्ध गराउनु राज्यको दायित्व रहेको भएको बताए।

    खानेपानी मन्त्रालयलगायतसम्बन्धी पक्षलाई बेलैमा ढंग पु¥याएर मात्र चल्न आग्रह समेत गरे। तामाङले आगामी २६ गते प्रभावित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यही निर्णयअनुसार अगाडि बढ्ने समेत जानकारी गराए। पानी परीक्षण गर्दा सिन्धुबासीलाई छल्न खाजेको भन्दै उनले सिन्धुबासीलाई यस क्षेत्रको विकास निर्माणलगायत रोयल्टी निर्धारण गरेर मात्र पानी जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गरेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस