२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

जलवीरेमा पहिरो, सडक अवरुद्ध

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असार २३, २०७७

    चौताराः बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ। अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो।

    जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो। उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र पर्नुपरेको सवारी चालक खेम प्रसाईँले बताएका छन्।

    आज रातिको भीषण वर्षाका कारण पहिरो गएको स्थानीयवासी बताउँछन्। पहिरोमा लेदो बगेर बाटो अवरुद्ध भएको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस