२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

जमैका तलावाजसँग एक कडोर ८ लाखमा अनुबन्धित भए सन्दिप

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • असार २३, २०७७
    चौताराः नेपाल स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा अनुबन्धित भएका छन्। उनलाई यो सिजन जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा सोमबार दोस्रो राउन्डमा अनुबन्ध गरेको हो।

    उनले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर (एक करोड ८ लाख नेपाली रुपैयाँ) तोकेका थिए। ईएसपीएन क्रिक इन्फो अनुसार सन्दीपसँग जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको हो।

    यो सिजनको सिपिएल ट्रिनिडाड एन्ड टोबागोमा यही अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने कार्यक्रम छ। कोरोना भाइरसको संकटका कारण यो सिजनको खेल सरकारको अनुमतिमा दर्शकविहीन बन्द रंगशालामा हुनेछ।

    सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रो सिजन हो। अघिल्ला सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट खेलिसकेका छन्। अघिल्लो सिजन भने राष्ट्रिय टिमबाट खेल्नुपरेपछि उनले सिपिएल बीचमै त्यागेका थिए।

    सन्दीपले सिपिएलको पहिलो सिजनमा ५ हजार अमेरिकी डलर र दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा खेलेका थिए। यो सिजन सन्दीपले जमैका तलावाजमा रहँदा विश्व चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लोस ब्रेथ्वेट, ओशाने थोमससहितका खेलाडीसँग खेल्नेछन्। सन्दीप विश्वका विभिन्‍न क्लबस्तरीय दर्जनभन्दा धेरै क्रिकेट प्रतियोगितामा खेल्ने एक्ला खेलाडी हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस