२०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

३ जनामा कोरोना देखिएपछि इन्द्रावती १२ को सबै सेवा बन्द

  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • असार १९, २०७७

    चौताराः सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ मा तीनजनामा कोरोना देखिएपछि सबै सेवा बन्द गरेको छ। वडा कार्यालयले एक सुचना निकाल्दै वडाबाट हुने सबै काम बन्द गरिएको जानकारी दिएको हो।

    सुचनामामार्फत वडाकार्यालयबाट हुने अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। भारत र स्याङजाबाट आएका तीनजनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।

    संक्रमितलाई उपचारका लागि मेलम्ची नगरपालिकामा रहेको आइसोलेसन वार्डमा पठाइएको छ । वडाले अत्यावश्यक काम बाहेक बाहिन ननिस्कन समेत आग्रह गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस