२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

जब रोपाई गर्न गाउँपालिका अध्यक्ष धानको बिउको माल लगाएर निस्किए

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असार १६, २०७७
    मेलम्चीः धान उत्पादन वृद्दि, आत्मानिर्भता र समृद्दि नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा रास्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ।

    पाँचपोखरी थाङपाल गाउँपालिका कृषि शाखाको आयोजनामा भएको रोपाई महोत्सवमा गाउँपालिका प्रमुख टासी लामाको आतिथ्यतामा करिव १५ रोपनी खेतमा रोपाई गरिएको थियो। धान दिवसको कार्यक्रमा गाउँपालिका अध्यक्ष धानको बिउको माला लगाएका छन्। उनीमात्रै नभएर कार्यक्रममा सहभागि जनाएका अन्य केही व्यक्तिहरुले पनि धानको बिउ लगाएको फोटो सामाजिक सञ्जालमा प्रशस्तै भेट्न सकिन्छ।

    असार १५ किसानहरुको मुख्य दिवस भएको सरकारले २०६१ साल देखि राष्ट्रिय पर्वको रुपमा यस दिनलाई चाडकै रुपमा मनाउँदै आएकोमा हो। गाउँपलिकालाई पर्यटन र निर्वाहमुखी नभई उत्पादनमुखी कृषिको केन्द्र बनाउने अभियान अन्तर्गत यो दिवस तथा महोत्सव आयोजना गरिएको पालिका अध्यक्ष टासी लामाले बताउँछन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस